बाँके । बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजबाट लागु हुनेगरी एक साताका लागि लकडाउन गरीएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।
बाँकेका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेडसमेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । पछिल्लो समय नेपालगञ्ज कोरोनाको हटस्पट बनेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत वर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।
।