बझाङ । बझाङमा बुधबार दिउसो पानीसँगै परेको अनिसाले पाक्नै लागेको गहुँवालीमा क्षति प¥याएको छ ।
बुधबार दिउँसो पानीसँगै परेको असिनाले खप्तडछान्ना, सुर्मा, साइपाल, मष्टा, थलारा, केदारस्युँ, छविसपाथिभेरा, दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकामा पाकेर काट्ने तयारीमा रहेको गहुँबालीमा क्षति पु¥याएको स्थानीयले बताएका छन ।
करिब एक घण्टाजति परेको असिना–पानीले गहुँवालीका साथै तरकारी र फलफुलमा क्षति पु¥याएको जयपृथ्वी नगरपालिका गोलाईका नरेन्द्र उपाध्यायले बताउनु भएको छ । उहाले गहुँवाली पाकेर काट्ने तयारीमा थियौ ।
एक्कासी असिना पानी पर्यो । गहुँवाली खेतमै चुटेर सखाप पारेको छ । दानाको त के कुरा गहुँको बोटको पनि नामोनिसान छैन । अर्को वर्षका लागि बीउ समेत नहुने भएपछि चिन्तित भएको बताउनु भएको छ ।
असिना पानीले फलफुलका बोटविरुवाहरु भाच्नुका साथै तरकारी खेतीमा पनि क्षति पु¥याएको छ । आलु, बन्दगोभी, काउली लगायत तरकारी असिना–पानीले नष्ट गरेपछि चिन्तित बनेको जयपृथ्वी नगरपालिका ११ का धर्मराज जोशीले दुखेसो गर्नु भएको छ ।
असिनाले चुटेर रुखका पात समेत छैनन । पातै झर्ने गरि असिना पर्यो गहुँवालीको त कुरै छैन । लामो समयको खडेरीले धानको बेर्ना राख्न नपाएका किसानलाई बालीको रोग र असिना पानीले झन् मर्कामा पारेको बताउनु भयो ।
अन्नबाली, तरकारी, फलफूलमा क्षति पुगेपछि बझाङबासीलाई झन् भोकमरी हुने र आयातित खाद्यान्नमा निर्भर हुनुपर्ने देखिएको छ ।
।