सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का पाँच कर्मचारीलाई कोरोना पुष्टि

वडा कार्यालय बन्द

बाँके ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का पाँच जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ।

वडासचिवदेखि कार्यालय सहयोगीसम्मका ५ जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालयको सेवा प्रवाहमा समस्या आएको छ।

वडाध्यक्ष प्रमोद रिजालले सबै कर्मचारीलाई कोरोना देखिएकाले वडाको काम कारबाहीमा समस्या आएको बताए। उनले परिस्थिति अनुकूल नहुँदासम्मका लागि वडा कार्यालय बन्द हुने बताए।

वडाध्यक्ष रिजाललाई यसअघि नै कोरोना पुष्टि भइसकेको थियो। उनले मंगलबार नै दोस्रो डोजको खोप लगाएका छन्।

बाँकेकै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई पनि कोरोना पुष्टि भएको छ। जिल्लामा एकै दिन ३ सय २२ जनालाई कोरोना पुष्टि हुँदा पत्रकार, जनप्रतिनिधि, कर्मचारीहरु परेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १७:१८