सूचनाको शक्ति - The Power Of Information

        

विचार

नेपालका लागि घातक सन्धी ‘एमसीसी’

सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बझाङमा बसिरहेको मान्छे म । कता कता देशको स्थिति देख्दा आफैंलाई चित्त नबुझेको अनुभूति भैरहेको छ । मलाइ चित्त नबुझेर मैले गर्न सक्ने त केही छैन तै पनि मेरो कुरा कसैको कानमा पर्छ की । त्यसो भनेर पनि हुँदैन । थोपा थोपा मिलेर समुन्द्र बन्छ । भन्ने मैले सिकेको ज्ञानले आज केही कुरा लेख्दैछु । एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) भनेको के हो ? नेपालका लागि यो किन घातक छ ?

सडक र ट्रान्समिसनको लाइनको बहानामा, तिब्बत प्रवेश गर्ने, मेचीदेखि गण्डकीसम्मका नाकाहरुलाई आफ्ना नियम कानुनको कब्जामा लिएर अरु कसैलाई प्रवेश गर्न नदिने र स्वतन्त्र तिब्बत युद्धका लागि तालिम लगायत सबै काम गर्ने योजनामा अमेरिकी सेना पस्नलाई बनाइएको यो घातक सन्धी हो । त्यसले माग गरेको भूभाग, नदिनाला, बनजङ्गल लगायतका सबै स्रोतहरु नेपाल सरकारको अधिनमा नरहने गरी हस्तान्तरणको प्रावधान राखिएको छ ।

यसले एमसीसीले तयार पारेको प्रस्तावमा उल्लेखित अवधारण र ब्याख्या बुझ्न वा ब्याख्याको स्पस्टिकरण सोध्न नपाउने प्रावधान राखिएको छ । एमसीसी पारित भैसकेपछि नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा लिखितरुपमा एमसीसीबाट मात्र अनुमति लियर मात्र बोल्न पाउने यदि एमसीसीले अनुमति नदिएमा बोल्न नपाउने प्रावधान छ । अमेरिकाले चायो भने यो सन्धी जुनसुकै बेला पनि रद्द गर्न मिल्ने, तर नेपालले रद्द गर्न चायो भने नमिल्ने व्यवस्था छ ।

सडक र विद्युत सम्बन्धी बित्तिय नियम तथा परिचालनका नियमहरु एमसीसीले बनाउने यसमा नेपालका नियमहरुले काम नगर्ने । एमसीसी परियोजनाको दौरानमा हुने जुनसुकै यावत प्रकारका सम्पूर्ण कामहरु अङ्ग्रेजी भाषामा हुने, नेपाली भाषामा गर्न नपाइने । यस परियोजनामा कर्मचारी र कामदारको नियुक्त एमसीसीले गर्ने, नेपालले एउटा कर्मचारी र कामदार पनि नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ ।

साथै अमेरिकी सेनाहरु नेपाल अनुमति बिना आउन पाइने नेपाल सरकारले बोल्न नपाउने पनि उल्लेख छ । १७ हजार जनतालाई मारेर पुगेन, सम्धी, सम्धिनी, बुहारी, छोराछोरीलाई सबैलाई अंश दिएझैं कुर्सी र पद दिएर पुगेन, ३३ किलो सुन तस्करी गरेर पुगेन, महाकाली बेचेर पुगेन, बालुवाटार बेचेर पुगेन भने, त्यो विदेशीसँग भीख मागेको ५५ अर्ब ओली, प्रचण्ड, शेरबहादुर जस्ता ८–१० जनालाई पनि पुग्दैन ।

नेपाल सरकारले चुच्चे नक्सालाई पारित गर्यो । त्यो सह्रानीय काम हो । यस मानेमा सरकारको सम्मान गर्छु । तर कागजमा चुचे नक्सा देखाएर खोक्रो राष्ट्रवाद फैलाउँदै नयाँ पाठ्यपुस्तकमा पुरानै नक्सा जनताको आँखामा छारो हालेर राष्ट्रघाती एमसीसी सम्झौता गर्ने रणनीति सरकारले बन्द गर्नुपर्छ । देशलाई घाटा भए रगत पसिना गरेर भरथेग गर्नुपर्छ । तर नेपाल र नेपालीको स्वतन्त्रता र स्वाभिमान गुम्ने एमसीसी सम्झौता कुनै पनि हालतमा नगरौं र नगराउन सरकारलाई दबाब दिन यसको घोर बिरोधमा आवाज उठाऔं ।

सम्झौता गर्न उस्काउने जो कोहीलाई सामाजिक बहिस्कार गर्न सबै लाग्नुपर्छ । राष्ट्रिय स्वाधिनताको सवालमा एमसीसीजस्तो घातक सन्धीलाई घाटा र नाफाको बारेमा चर्चा गर्ने विदेशीको इसारामा चल्ने नेताहरुलाई हामीले अब सबक सिकाउन जरुरी छ । अमेरिकाले योभन्दा अगाडि नै अनुसन्धान गर्दा आतंकको लागि उत्तम ठाउँ नेपाल भन्दै आएको छ । राष्ट्रप्रेमीहरु एकजुट होऔं । एमसीसीजस्तो नेपाललाई अमेरिकी सेनाको रणभूमी आतंक क्रिडास्थल, बनाउने इन्डोप्यासिफिक रणनीतिकसँग सम्बन्धीत एमसीसीको खुलेर बिरोध गरौं । विदेशीका खेतालाको अन्त्य गर्न एकजुट भएर कडा संघर्ष गरौं । हामीले नगरे कसले गर्ने भन्ने नाराको हामीले पालना गर्नुपर्छ । जय स्वाभिमान

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १३:३४