सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा आज सार्वजनिक बिदा

काठमाडौं ।  कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ ।

प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार ०९:५०