सूचनाको शक्ति - The Power Of Information

        

दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते

दाङ । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।

राप्ती गाउँपालिका-५ कालापानीमा गएराति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार ०९:२८