सूचनाको शक्ति - The Power Of Information

        

त्रिकोणात्मक टी–२० क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ । उता नेदरल्याण्ड्स पनि पहिलो खेलमा नेपालसँग भोगेको हारको बदला लिने अभियानमा रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा हिजो मलेसियालाई पनि समान ९ विकेटले नैं पाखा लगायो ।

कीर्तीपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रनमात्र बनाउन सक्यो ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शहाब आलम र कुशल मल्लले १–१ विकेट लिए ।

जवाफमा १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि लगातार दोस्रो अर्धशतक बनाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले अविजित ६१ रन बनाए ।

पहिलो विकेटका लागि एक सय दुई रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ४२ रन जोडे ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार ०९:२०