सूचनाको शक्ति - The Power Of Information

        

मंग्रल ग्रहमा हेलिकोप्टरको पहिलो पटक उडान परीक्षण

एजेन्सी । अमरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण उडान गरेको छ । इन्जुनेटी नामको उक्त हेलिकोप्टर हावामा एक मिनेटभन्दा कम समय जमिनको सतहबाट माथि उडेको बीबीसीले जनाएको छ ।

यो पृथ्वीबाट नियन्त्रण गरी अन्तरिक्षमा उडाइएको पहिलो एयरक्राफ्ट भएको नासाका अधिकारीहरुले दावी गरेका छन् । मंगल ग्रहमा रहेको एक उपग्रहले पृथ्वीमा सन्देश पठाएरसँगै यसको पुष्टी भएको थियो ।

नासाले आगामी लिनमा थप उडान गर्ने हौसला मिलेको जनाएको छ । नासाका वैज्ञानिकहरुले आगामी दिनमा अझ बढी साहसिक उडानका लागि अनुसन्धान गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।

रोटर क्राफ्ट नामको उक्त हेलिकोप्टर गत फेब्रुअरीमा मंगलग्रहमा लगिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार ०९:०८