सूचनाको शक्ति - The Power Of Information

        

कोरोना विरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाइँदै (स्थान र तालिकासहित)

काठमाडौं । नेपालमा मंगलबार देखि कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाइँदैछ । आज पहिलो चरणको खोप लगाएकालाई दोस्रो डोज लगाइने छ ।

दोस्रो डोजको खोप लगाउने अभियान बैशाख ११ गतेसम्म चल्नेछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुले दोस्रो डोजको खोप लगाउने छन् ।

पहिलो चरणमा चार लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट खोप लिन सकिनेछ । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभागका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । सरकारले दोस्रो डोजको खोप लगाउन पहिले लगाएको मिति अनुसार पालो तोकेको छ ।

जसअनुसार माघ १४, १५, १६, १७ , २६ , २७, २८ र २९ गते पहिलो डोजको खोप लगाएकाहरूले आज दोस्रो डोज लगाउन पाउनेछन् । यसैगरि माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरूलाई भोलि, माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरूलाई पर्सि वैशाख ९ गते, माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरूलाई वैशाख १० गते तथा माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरूलाई वैशाख ११ गते दोस्रो डोजको खोप दिइनेछ ।

यस्तो छ । खोप लगाइने स्थान र तालिका :

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार ०९:०३