सूचनाको शक्ति - The Power Of Information

        

मष्टा पुर्ण खोप गाउँपालिका घोषणा

बझाङ । बझाङ जिल्लाका १२ वटा स्थानियतह मध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएकोे छ ।

“स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोपहरु लगाएपछि गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गरिएको मष्टा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख भिम बोहराले जानकारी दिनुभएको छ ।

जिल्लाको पहिलो पालिकाको रुपमा पूर्ण खोप सुनिश्चितता भएको हो । गाउँपालिकामा आइतबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले गाउँपालिकालाइ पूर्णखोप सुनिश्चितता घोषणा गर्दै गाउँपालिकाका कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर विशेष अभियानमुलक कार्यक्रम सञ्चालन गरेको बताउनु भएको छ ।

उहाँले निःशुल्क औषधी उपचार, एम्बुलेन्स सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको, सेवाबाट बञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउदै पुर्ण खोपलाइ दिगोपन राख्नलाइ गाउँपालिका सदैव लागी पर्ने प्रतिवदता समेत गर्नु भएकोछ । साथै आफुहरु स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको पनी अध्यक्ष कठायतले जानकारी गराउनु भएको छ ।

७ वटा वडा रहेको गाउँपालिका क्षेत्र भित्रका १६ महिना देखी २३ महिना सम्मका बालबालीकाले नियमित खोप प्राप्त गरेको आधारमा मष्टा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जसबाट आगामी दिनमा स्वास्थ्य क्षेत्रमा मष्टा गाउँपालिका अग्रस्थानमा रहन फाईदा पुग्ने र नेपाल सरकारले तोके बमोजीमको खोपहरु खोप क्लीकहरु मार्फत सबै बालबालीकालाई खोप सेवा प्रवाह गरि खोप सुनिश्चितता घोषणा गरिएको र अन्य स्थानियतहहरुमा पनी यो अभियान चाँडै सम्पन्न हुने जिल्ला स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत मनोहर कार्कीले बताउनु भएको छ ।

वडा ,वडा बाट बाजा र्यालि सहित सबै क्षेत्रका व्यक्तिmहरु कार्यक्रममा उपस्थित रहेका थिए । गाउँपालिकालाई पुर्ण खोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै सहयोग गर्नेलाई प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ११:२०