सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाको बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक दिउँसो दुई बजे बोलाएको छ । केन्द्रीय कार्यालय चाबहिलमा बस्ने बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राप्रपाले २५–२८ वैशाखमा महाधिवेशनको मिति तय गरेको छ । तर, सक्रिय सदस्यता र स्थानीय तहको अधिवेशन नसकिएकाले महाधिवेशनको मिति सार्नेबारे पनि बैठकमा छलफल हुँदैछ ।

राप्रपाले यसपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि पनि कमिटीबाट प्रतिनिधि चयन गर्ने गरेको थियो । सक्रिय सदस्य तीन लाख पु¥याउने राप्रपाले लक्ष्य तय गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १०:३२