सूचनाको शक्ति - The Power Of Information

        

संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस, आजै १ बजेबाट अन्त्य हुने

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य र आव्हान हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन अन्त्य हुने अपेक्षा गरिएको छ ।

आज अपरान्ह १ बजेबाट अधिवेशन अन्त्य हुने एक मनत्रीले जानकारी दिनुभयो । गत पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।

संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनको तयारीका लागि चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारको दावी छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १०:२५