सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल २०२१ : दिल्लीको शानदार जीत, पंजाब ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले पंजाब किङ्स माथि ६ विकेटको शानदार जीत निकालेको छ।

हिजो सम्पन्न भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पंजाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रनको विशाल योगफल बनाएको थियो।

कप्तान के एल राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रनको पारी खेलेका थिए भने अर्का ओपनर ब्याट्सम्यान मयंक अग्रवालले सर्वाधिक ६९ रनको पारी खेलेपनि आफ्नो टिमलाई जीत भने दिलाउन सकेनन्।

१९६ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। दिल्लीको जीतमा ओपनर ब्याट्सम्यान शिखर धवनले ४९ बलमा १३ चौका र २ छक्का गरी सर्वाधिक ९२ रनको पारी खेलेका थिए।

उत्कृष्ट पारी खेले बापत शिखर धवन म्यान अफ दि म्याच घोषित भएका थिए। आज साँझ भने चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स आमने सामने हुने छन्।

हिजो भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजीत गरेको थियो।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ०९:१३