सूचनाको शक्ति - The Power Of Information

        

त्रिकोणात्मक क्रिकेटमा आज नेपाल र मलेसिया भिड्ने

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने छन् । खेल दिउँसो सवा २ बजे शुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहो¥याउदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । उता आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको मलेसिया पनि आजको खेल जित्दै प्रतियोगितामा फर्कन चाहन्छ ।

टियू क्रिकेट मैदान किर्तीपूरमा हिजो भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । खेलमा १ सय ९२ रनको चुनौती पछ्याएको मलेसियाले ८ विकेटको क्षतिमा एक सय ७६ रन मात्रे बनायो ।

विरनदीप सिंहले ८७ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २ विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो ।

उसका लागि ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पहिलो शतक बनाएका म्याक्स ओ’डोउडले ७३ बलमा अविजित रहँदै एक सय ३३ रन बनाए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ०८:३३