सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथ आज

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीको सपथ आज आइतबार हुँदैछ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नेकपा एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्री शाहीकाे पक्षमा विश्वासकाे मत दिएपछि उनीहरुले मन्त्री उपहार पाएका हुन्।

पार्टी ह्वीप उल्लंघन गरेपछि एमालेले उनीहरुलाई कारबाही गरिसकेकाे छ।मुख्य मन्त्री शाहीले उनीहरुलाई मन्त्री नियुक्त गरेपनि एमालेले भने तीनैजनालाई पार्टी र सांसद पदबाटै हटाएको छ ।

एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।यस्तै पार्टी ह्वीप उल्लंघन गरेको र दल त्याग गरेकोमा उनीहरुको सांसद पद समेत खारेज हुने गरी कारबाही गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतवार ०८:३६