सूचनाको शक्ति - The Power Of Information

        

भारतको रायपुरमा कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

एजेन्सी । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरमा एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् ।

रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत शर्ट भइ आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

५० जना कोरोना संक्रमित समेत गरी १ सय ४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबिच भागदौड मच्चिएको थियो । घटनामा केही बिरामी घाइते भएका छन् । आगलागिपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

एक बिरामीको आगलागीमा जलेर मृत्यु भएको थियो भने अर्का बिरामीको आगलागीका कारण असक्सिजन सप्लाई बन्द भएर मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतवार ०८:३२