सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रचण्डको भाषणले लुम्बिनीका मुख्यमन्त्री त्रासमा

काठमाडौं । कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार सांसदले ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको घटनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको आलोचना गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार पनि फेर्न आफू लागिपरेको भन्ने सार्वजनिक भाषण गरेपछि मुख्यमन्त्री पोखरेलले उनको नाम नलिइकन आलोचना गरेका हुन् ।

ओलीपक्षीय एमाले नेता पोखरेलले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्कीसमेत दिन्छ, त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसकमात्र बन्न सक्छ ।’ यसबाट उनी प्रचण्डको भनाइले त्रसित भएको बुझिन्छ ।

https://www.facebook.com/shankar.pokhrel.946/posts/1836455209843687

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतवार ०८:३३