सूचनाको शक्ति - The Power Of Information

        

फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । निगमका अनुसार अब काठमाडौंका लागि नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोलको १२१ रुपैयाँ निर्धारण गरिएको छ ।

निगमले डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ निर्धारण गरिएको छ । आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएर ७६ रुपैयाँ कायम गरिएको छ । निगमका अनुसार एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको छ । यसअघि गत चैत २२ गतेमात्र मूल्य बढाइएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतवार ०८:१९