सूचनाको शक्ति - The Power Of Information

        

दाउन्नेमा यात्रुबाहक बस २०० मिटर तल खस्यो

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बुटवलबाट नारायणगढतर्फ गइरहेको बस विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित राजमार्गबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले साँझ करिब पौने ५ को समयमा ना ५ ख ७००० नम्बरको बस राजमार्गबाट खसेको जानकारी दिए । बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको उनले बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा प्रहरी परिचालन भएर घाइतेहरूको उद्दार कार्य भइरहेको गिरीले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार १९:०४