सूचनाको शक्ति - The Power Of Information

        

असल जनप्रतिनिधिका कुरा

नेपालगन्जका विकासप्रेमी वडाध्यक्ष बेहना भन्छन्, ‘विकास र समृद्धि प्राथमिकतामा’

वडाध्यक्ष बेहनालाई नेपालगन्जबासीले नेपालगन्ज उपमहानगरपालिकाका भावी मेयरका रुपमा प्रस्तुत गर्न थालेका छन् ।

बाँके । राजनीति कुनै पेशा र व्यापार होइन । यो भ्रष्टरहित, स्वच्छ, निष्पक्ष एवं इमानदारीपूर्वक राष्ट्र र जनताको सेवा गर्नु हो । यस अवस्थामा जनता र नेताबीच सुमधुर सम्बन्ध हुन आवश्यक छ । राजनीतिकमा ताराझैं चम्किलो र जनताको प्यारो बन्दै मन जित्न आफु विश्वासिलो एवं सक्षम पात्र भएर जनताको सेवामा समर्पित हुनुपर्छ ।

राजनीतिमा जनताको सेवक बन्नुपर्ने हुन्छ, जोसुकै ब्यक्ति नेता बन्न सक्दैन । नेतृत्वमा हुनुपर्ने गुणलाई विकसित गर्दै लगेमात्र असल नेता बन्न सकिन्छ । किनभने सबथोक जनता हो, जनताको अनुमोदन बिना नेता बन्न सम्भव पनि छैन । एउटा सक्षम र असल नेताहरु स्वतः स्फुर्तरूपमा जन्मदैनन्, नेता जनताले बनाउनुपर्छ ।

सानै उमेरदेखि नेता बन्ने गुणहरु देखिन्छन् । तर चम्किलो ताराझैं सबैको प्रिय नेता बन्न जनताका मनहरु रिझाउनुपर्छ । समाजले असल गुण र प्रतिभा भएको व्यक्तिलाई चिनेन भने समाज विकास निकै पछाडी पर्छ । त्यसैले समाजले समाजभित्र असल व्यक्तिको पहिचान गरेर असल र विकासप्रेमी नेता चुन्न सक्नुपर्छ ।

आफ्नो वडाको विकास र जनताको समस्याको मध्यनजर राख्दै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेका नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहना पनि वडाबासीका लागि असल र विकासप्रेमी नेता हुन् । असल, इमान्दार र विकासप्रेमी वडाध्यक्ष बेहना असल समाज निर्माण र विकासलाई महत्वपूर्ण ठान्दछन् ।

व्यापारमा कुशल एवं सिपालु राजनीतिकरुपमा परिपक्व वडाध्यक्ष बेहना सामाजिक विकास, लक्ष्य र उद्देश्य बोकेर वडा र वडाबासीको विकास र समृद्धिका लागि निरन्तर लागिपरेका छन् । अनुशासित, योग्य र असल नेतृत्वको गुण भएका वडाध्यक्ष बेहना सामाजिक समृद्धि र विकासलाई आफ्नो उपलब्धी ठान्दछन् ।

असल नेतृत्वमा हुने गुण र प्रतिभा भएका वडाध्यक्ष बेहना वडालाई नमुना बनाउने प्रतिवद्धताका साथ वडाको विकासका लागि लागिपरेका छन् । वडाका सबै सडक पक्की, सबै टोलमा विजुली, सबै टोल साक्षर टोल लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर विकासका कामहरु अघि बढाइरहेका छन् ।

वडाध्यक्ष बेहना दिनभर वडाबाट आमनागरिकले पाउनुपर्ने सेवा प्रवाहमै खटिइरहन्छन् । वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउनेदेखि पूर्वाधार व्यवस्थापनमा लागिपरेका उनलाई वडाबासीका काममा एकछिन फुर्सद छैन । वडाध्यक्ष बेहनालाई नेपालगन्जबासीले नेपालगन्ज उपमहानगरपालिकाका भावी मेयरका रुपमा प्रस्तुत गर्न थालेका छन् ।

वडालाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन प्रतिबद्ध वडाध्यक्ष बेहना भन्छन्, ‘मेरो दैनिकी नै वडाको विकासका लागि, वडावासीप्रति समर्पित गरेको छु । बिहान उठेदेखि साँझसम्म वडाकै काममा हुन्छु । विकास निर्माणका योजना, कार्यक्रम, झैँझगडा, विवाद समाधान लगायत काममा मेरो दैनिकी सकिन्छ ।’

चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाहमा जोड दिँदै वडालाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन प्रतिबद्ध रहेको वडाध्यक्ष बेहना बताउँछन् । उपमहानगरभित्र विकासप्रेमी वडाध्यक्षका रुपमा चिनिएका बेहना भन्छन्, ‘वडाको विकास र सेवा प्रवाह चुस्त छ । मेरो कार्यकालभित्र वडाले विकास र समृद्धितर्फ सतप्रतिशत फड्को मार्नेछ ।’

आफूलाई वडाध्यक्षभन्दा जनताको सेवक भन्न रुचाउने बेहना भन्छन्, ‘म जनताको प्रतिनिधि हुँ, त्यसैले पनि जनताका काममा सधैं अग्रसर हुन्छु । आँट गर्नुपर्छ, असम्भव केही छैन ।’ आफूले गर्ने कामप्रति इमान्दार र लगनशिल भएर लाग्ने हो भने ठुला र महान कामहरु पनि सम्पन्न गर्न सकिन्छ भन्ने उनको आत्मविश्वास रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार ०८:३३

सिफारिस