सूचनाको शक्ति - The Power Of Information

        

भारतमा एकैदिन २ लाख १६ हजारमा कोरोना संक्रमण, १ हजार १८३ को मृत्यु

बाँके । भारतमा एकैदिन २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा एक हजार १८३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।

भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन् । त्यहाँ हिजोमात्रै ८० हजार ५०० भन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७७४ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिकामा थप झण्डै ७२ हजार संक्रमित फेला परेका छन् भने ८७७ जनाको मृत्यु भएको छ । टर्कीमा साढे ६१ हजार, फ्रान्समा ३८ हजार, जर्मनीमा ३० हजार र अर्जेन्टिनामा थप २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार ०६:५५