सूचनाको शक्ति - The Power Of Information

        

पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज देशभरका पहाडी क्षेत्रमा बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार ०८:१६