सूचनाको शक्ति - The Power Of Information

        

मापसे गरी कार्यालय गएका मालपोत प्रमुख पक्राउ

रुकुम पूर्व । मादक पदार्थ सेवन (मापसे) गरी कार्यालय गएका मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो मादक पदार्थ सेवन गरी कार्यालय गएका उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको हो ।

मादक पदार्थ सेवन गरी कार्यालय आएको र सेवाग्राहीको कामकाज बेवास्ता गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । सोही क्रममा रक्सी खाएर कार्यकक्षमा बसेको र कामकाजमा ध्यान दिएको पाइएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

प्रहरीले स्थानीय प्रशासन ऐन २०२८ को अनुसार खड्कामाथि कारबाही सुरु गरिएको प्रहरी निरीक्षक शाहीले बताए । उक्त ऐनअनुसार मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा अशान्ति मच्चाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । खड्का यसअघि पनि पटकपटक यही कसुरमा पक्राउ परी एक हजार जरीवाना तिरेर छुटेका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १९:००