सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि चिनियाँ खोप ‘भेरोसेल ‘ ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाइँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) विरुद्धको भेरोसेल खोप आजदेखि दिइने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले खाेप पाउने जानकारी दिए । उनका अनुसार आजदेखि ०७८ वैशाख ५ सम्म खोप दिइनेछ ।

१८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई चैत २५ बाट खोप लगाउन सुरु गरिएको थियो । अब १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउन पाउने भएका छन् ।

आज लगाइने चिनियाँ भेरोसेल खोप यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत लगाउन पाउने खाेप शाखा प्रमुख गाैतमले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार ०८:१९