सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख ३ गतेका लागि आह्वान

सुर्खेत ।  कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आउँदो वैशाख ३ गतेका लागि आह्वान गरिएको छ । यही आइतवार बसेको प्रदेशकाे मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख ३ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

प्रदेशकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि गरेको सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलाैनीले साताैँ हिउँदे अधिवेशन वैशाख ३ गते दिउँसो २ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

प्रदेश सभाको छैटाैँ तथा वर्षे अधिवेशन सकिएको झण्डै ६ महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो ।

गएको चैत ५ गतेदेखि लागू हुने गरी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । कर्णाली प्रदेशमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १९:१४