सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

४ हजार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ जना पुगेको छ ।

यस्तै गत २४ घण्टामा १३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३०६ रहेको स्वास्थ्य छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १९:११