सूचनाको शक्ति - The Power Of Information

        

मष्टा गाउँपालिकाको गाडी दुर्घटना

बझाङ । बझाङको मष्टा गाउँपालिकाको गाडि दुंर्घटना भएको छ ।

गाउँपालिकाको बा २ झ ४२२७  नम्बरको गाडि सिमखेत बसपार्कको माथि रोडबाट तल विजुल्लीको पोलमा लागेर दुर्घटना भएको छ । गाडिमा सवार कोहि नहुदा दुर्घटना हुदाँ मानविय क्षेति भने भएको छैन ।

गाउँपालिका अध्यक्ष कर्ण कठायतका अनुसार गाडि जयपृथ्वी नगरपालिका प्रमुखलाइ नगरपालिकामा पुर्याउन गएको र फर्किदा र्दुघटना भएको बताउनु भएको छ ।

चालक गगन सिंह दयाललाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा लिएको डियसपी रुपक खड्काले बताउनु भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ११:३०