सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो । अर्को बैठक तय भएको छैन ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ११:१८