सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बोलाएको हो ।

बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने बताइएको छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरेपनि कार्यान्वयन भएको छैन ।

नेता रमेश लेखकका अनुसार आजको बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पनि सहभागी हुने बताइएको छ । यसअघि हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा एजेण्डा तय गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १०:५८