सूचनाको शक्ति - The Power Of Information

        

इन्डोनेसियामा भूकम्प जाँदा ७ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ ।

जाभा द्वीप केन्द्र बिन्दु भई गएको भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ । अमेरिकी भौगर्भिक सर्भेेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो ।

रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

यसैबीच भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतवार १०:४९