सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघ बझाङमा नरेस स्मृती पत्रकारीता पुरुस्कार र पत्रकार कल्याण कोषको स्थापना

 बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखामा नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ नेतृत्व आए संगै शुक्रबार बसेको पहिलो बैठकले नरेश स्मृति पत्रकारीता पुरुस्कार र पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाका संस्थापक सदस्य पत्रकार नरेश खड्काको स्मृतिमा शाखाले जिल्लामा क्रियासिल पत्रकारहरुलाई पुरुस्कृत गर्ने भएको छ भने संचार क्षेत्र तथा पत्रकारीता क्षेत्रमा आयस्रोत कम हुने समस्या पर्दा अरुलाइ गुहार्नु भन्दा महासंघ बाट सानो रकम भए पनी पिडित पत्रकारहरुलाइ सहयोग गर्न तथा समस्यामा परेका पत्रकारहरुलाइ राहात दिने उदेश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको नवनिर्वाचित अध्यक्ष शैलेन्द्र रोकायाले बताउनु भएको छ ।

कोषको स्थापनामा सुरुवाति चरणमा पत्रकार महासंघ बझाङका पुर्व अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारण संघ अकोरावका सुदुरपश्चिम अध्यक्ष जगत बहादुर खड्काले ५ हजार, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष शैलेन्द्र रोकायाले ३ हजार, पत्रकार निरमराज जोशीले २ हजार, विना रोकाया जोशीले २ हजार, दिनेश बोहोराले २ हजार, उतम थापाले २ हजार, आशिष सिंहले १ हजार ५ सय, असोक खड्काले १ हजार ५ सय, प्रदिप मलासलिे १ हजार ५ सय, विर्ख बोहोराले १ हजार ५ सय, ललित सिंहले १ हजार ५ सय, सुवास कठायतले २ हजार ५ सय, झलक सिंहले १ हजार ५ सय, रमानन्द जोशीले २ हजार गरी उक्त कोषमा ३५ हजार रकम जम्मा गरिएको छ ।

साथै पत्रकार महासंघ बझाङका क्रियासिल पत्रकारहरुको जन्म दिन तथा शुभकार्यमा १ हजार रुपैयाँ उक्तm कोषमा जम्मा गर्नु पर्ने निर्णय समेत गरेको पत्रकार महासंघका सचिव ललित सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतवार ०८:३७