सूचनाको शक्ति - The Power Of Information

        

सोमालियामा आत्मघाती बम बिस्फोट, ३ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा आत्मघाती बम बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय गभर्नर अली वरधारेलाई लक्षित गरी गराइएको बिस्फोटमा गभर्नरका दुई अंगरक्षक सहित एक सर्वसाधारणको मृत्यु भएको हो ।

घटनामा गभर्नर भने सकुशल रहेको बताइएको छ । बैडोआमास्थित एक होटलमा प्रवेश गरेका अज्ञात ब्यक्तिले आत्मघाती बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

घटनामा ५ जना घाइते भएका छन् । यस अघि गत साता एक चिया पसलमा भएको आत्मघाती बिस्फोटमा ५ जनाको मृत्यु भएको थियो ।

सोमालियामा सन् २००७ देखि इस्लामिक लडाकु समुह अल शवाबले सशस्त्र संघर्ष गर्दै आएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतवार ०८:२९