सूचनाको शक्ति - The Power Of Information

        

एसएसबीको दादागिरी

क्यामेराबाट नेपालको सुराकी गर्दै भारत

दशगजा क्षेत्रमा दुई देशको समझदारी बिना क्यामरा राख्नु भारतीय दादागिरी प्रष्ट देखिएको छ ।

बाँके । भारतको बहराइचस्थित नेपाल भारत सिमा जमुनाहाको दशगजामा आफुखुशी भारतीय प्रहरीले सिसी क्यामरा जडान गरेको छ । सिसी क्यामरा नेपालको बाँकेको नेपालगन्जतर्फ फकाइएको र केही क्यामरा नियमित घुमिरहने अवस्थामा राखिएको छ ।

नेपाल भारत सिमामा यसरी सिसि क्यामरा जडान गर्दा वा अन्य कुनै पनि पूर्वाधार र गतिविधि सन्चालन गर्दा दुई देशको सहमतिमा कसैलाई पनि असर नपर्ने गरी गर्ने दुईदेशिय सुरक्षा अधिकारीको बैठकमा निर्णयसमेत गरिएको छ ।

तर, यतिबेला दशगजामा भारतीय पक्षले नेपालको जमुनाह सुरक्षा निकाय वा बाँके प्रहरी, प्रशासनसँग कुनै छलफल नै नगरी मापदण्ड विपरित नेपालका गतिविधी सहजै कैद हुने गरी क्यामरा जडान गरिसकेको छ । दशगजामा जडान गरिएका भारतीय क्यामराले नेपालन्जको भन्सारसम्मका गतिविधी सहजै कैद गर्न सक्ने जानकारहरू बताउँछन् ।

यसले पनि भारतीय सुरक्षा अधिकारीले बहराइचमा बसेर नेपाल र नेपालगन्जका गतिविधि निहाली रहेका छन्, सुराकी गरिरहेका छन् । कोरोना कहरसँगै भारतीय अधिकारी नेपाल आउन नसकेपछि दशगजामा सुरक्षाका निहुँमा सिसी क्यामरा जडान गरिएको र उक्त क्यामराबाट नेपालगन्ज भन्सारसम्मका गतिविधि कैद भइरहेको रूपैडिहाका एक पत्रकार नै बताउँछन् ।

दशगजा क्षेत्रमा दुई देशको समझदारी बिना क्यामरा राख्नु भारतीय दादागिरी प्रष्ट देखिएको छ । दशगजामा यसरी क्यामरा राख्दा नेपालसँग बहस तथा समझदारी हुनपर्ने थियो जमुनाहमा भेटिएका नागरिक नेत्रनाथ केसीले भने, ‘दुई दशेको समझदारी बिना भारतले दादागिरी शैलीमा कयामरा जडान गरेकोले तत्काल यस बिषयमा नेपाल पक्षले एक्सन लिनपर्ने देखिएको छ ।’

उसले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै क्यामरा जडान गरेको बताएको छ । तर, यसरी क्यामरा जडान गर्दा उसले जमुनाहस्थित प्रहरीसँग समन्वय ता समझदारी गरेको छैन । दशगजासँगै सटेर रहेको जमुनाहामा सर्वसाधारण आवतजावत गर्ने मुख्य बाटोमा क्यामरा जडान गरी सीमा क्षेत्रका गतिविधिमा सुरक्षा सतर्कता बढाएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

यहाँ रहेका सीसी क्यामरा सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कार्यालयले गर्ने भएको छ । त्यस्तै केन्द्रस्थित दिल्लीमा रहेको एसएसबीको मुख्यालयले त्यस्को मनिटरिङ्ग गरिरहेको बताइएको छ । बाँकेका कामचलाउ सिडिओ रामबहादुर कुरूम्वाङ र बाँके प्रहरी यस बिषयमा अनभिज्ञ छन् । उनीहरूले यस बिषयमा आफुहरूलाई केही जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार १४:५१