सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ र बागमती प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज देशभरका पहाडी क्षेत्रमा बदली भएर प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ०८:१५