सूचनाको शक्ति - The Power Of Information

        

अपराध

कटुवा पेस्तोलसहित तीन जना पक्राउ

बाँके । बाँकेमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँका ५५ वर्षीय नकछेद पाछी र बाँकेको कोहलपुर नगरपालिका १४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

शुक्रबार साँझ करिब साढे ७ बजेतिर बाँकेको कोहलपुर नगरपालिका–१० हाइस्कुल चोकबाट उनीहरुलाई पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा पैदल हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा कम्मरमा लुकाइ राखेको कटुवा पेस्तोल र (बिएमएमकेफ) लेखिएको लाइभ राउण्ड बुलेट एक थान फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ०७:४०