सूचनाको शक्ति - The Power Of Information

        

खानेपानीको ट्यांकी फुटेर भएको घटनाबारे एमाले जिल्ला कमिटीको अवलोकन

बझाङ । बझाङको तलकोट गाउँपालिका चौडामा भएको घटना बारे स्थलगत अवलोकन गरिएको छ ।

विहिबार नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अफिलाल ओखेडाको नेतृत्वमा खानेपानी ट्यांकी फुटेर घटना भएको तलकोट गाउँपालिका वडा नम्बर १ चौडामा स्थलगत अवलोकन गरिएको हो ।

खानेपानी ट्यांकी फुटेर भएको घटनाबारे थप जानकारी लिने उदेश्यले विहिबार घटनास्थलको अवलोकन गरीएको ओखेडाले जानकारि दिनुभएको छ ।

साथै ओखेडाले २४ गते तल्कोट गाउँपालिकाको चौडमा पानी ट्यान्की भत्किएर सुन्दरी कुवँर र गोकल कुवँरको ज्यान गएको घटनाका पीडितलाई भेटेर,सहानुभूति प्रकट गर्नुका साथै मृतकप्रती श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

ओखेडाले मृतक सुन्दरी कुवँर र गोकल कुवँरका परीवारलार्ई क्रियाखर्च स्वरुप नगद ५,००० रुपैयाँ दिनुभएको छ । स्थलगत अवलोकन गर्दा, प्रधानमन्त्री कृर्षि आधुनिकरण परियोजना अन्तर्गतको आलु जोन परियोजनाको आर्थिक सहयोगमा निर्माणाधिन अवस्थामा रहेको पानी ट्यांकी बनाउदा बजेट समेत कम रहेको र कमसल निर्माण सामग्री, आरसिसि बिना बनाइएको देखिएको र स्थानीयले समेत सिमेन्ट सेट नभएकै पानी हाल्न खोज्दा उक्तm घटना भएको देखिएको ओखेडाले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ओखेडाले तत्कालै मृतकका परिवारलाई उचित क्षतिपूर्ति सहित राहतको ब्यबस्था गर्नुपर्ने र चौडवासी को सिचाइको समस्यालाई यथाशिग्र समाधान गर्नुपर्ने बताउनुभएको छ ।

उक्त ठाउँमा पानीको समस्या हुदाँ तरकारी देखी र अन्य खेती गर्न समस्या भएको भन्दै पानीको समस्याबारे आफुले प्रदेश देखि केन्द्र सरकार सम्म पहल गर्ने बताउनुभयो छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ०९:५०