काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी छ ।
हालसम्म ६० बढी जिल्लाको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको प्यानलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ ।
महासंघको नेतृत्वका लागि पोख्रेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा छन् भने गजेन्द्र बुढाथोकीको पनि नेतृत्वमा उम्मेदवारी रहेको छ ।
बुधबार ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो ।
।