सूचनाको शक्ति - The Power Of Information

        

युरोपियन च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा चेल्सी र पिएसजी विजयी

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् ।

पोर्चुगलमा भएको खेलमा चेल्सीले एफसी पोर्टालाई २–० ले हरायो । चेल्सीका लागि मेसन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । उता जर्मनीमा भएको खेलमा घरेलु टोली वायर्न म्युनिखलाई फ्रान्सको पिएसजीले ३–२ ले पराजित गर्‍यो ।

पीएसजीका लागि किलियन एम्बाप्पेले दुई तथा मार्कीनोजले एक गोल गरे । वायर्नका छुपो मोटिङ र थोमस मुलरले एक एक गोल गरेका थिए । गएरातिका खेलमा अवे जित हात पारेका चेल्सी र पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेका छन् ।

पराजित टोलीहरू बायर्न म्युनिख र पोर्टो भने दोस्रो लेगको खेलपूर्व दवावमा आएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार ०९:३६