सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघको चुनाव : मतगणना चलिरहँदा विपुल पोख्रेलको समूहलाई अग्रता

काठमाडौं ।   नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहेको छ ।

केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ ।

सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ । केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ । हिजो ७७ वटै जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएट र दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको थियो ।

केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको  हो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार ०७:५२