सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा एमाले संसदीय दलको बैठक बस्दै, नयाँ सरकार गठनबारे निर्णय गर्ने

काठमाडौं । कर्णाली प्रदेश नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ ।

आजको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । यता सरकारमा सहभागी एमालेका मन्त्री फिर्ता आएका छैनन् ।

माधव नेपाल निकट रहेका ती मन्त्रीले आफुहरुले सरकार नछोड्ने अडान लिँदै आएका छन् । ३९ जना सांसद रहेको कर्णाली प्रदेश सभामा एमालेसँग २० सिट रहेको छ ।

२० मध्ये माधव नेपाल समूहका ९ जना सांसद रहेका छन् । माओवादी केन्द्रसँग १२ सिट रहेको छ । यस्तै कांग्रेससँग ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ सिट रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतवार १२:१३