सूचनाको शक्ति - The Power Of Information

        

भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न : करिब ३ सय २० घरधुरी उज्यालोमा

बझाङ ।  बझाङको खप्तड छान्ना गाउँपालिकाको सबै भन्दा विकट वडा मानिने वडानम्बर ७ को भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न भएको छ ।

खप्तड छान्ना गाउँपालिकाका १,७,८ र ९ नम्वर वडाका गोरखाली , धर्तिवाडा, कोरकाट्या, लामागडा र गाउँका छानाका करिब ३ सय २० घरधुरी लाभाम्वित भएका छन ।

खप्तड छान्ना गाउँपालिकाको आर्थिक सहयोगमा ३२ वाट क्षमताको भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न भएको हो ।विधुतको उद्घाटन हुने भनेपछी लठ्ठिको सहारामा उत्घाटन कार्यक्रममा पुगेका खप्तड छान्ना गाउँपालिका – ७ विडाका ७३ बर्षिय राम बहादुर रोकायाले विगतलाइ सम्झदै भने, ‘पहिला उज्यालोको व्यवस्था गर्नका लागी झरो ल्याउन जंगल जाँदा एक दिन पुरै काट्नु पथ्र्यो ।

किताव पढ्नका लागी पनि त्यसैले उज्यालो बनाइ पढ्थ्यौ । कहिले काँही ओखर, र्तिकुलो ओखलमा पेलेर तेलको बत्ति बालेरको समेत याद आउछ । त्यसपछी टुकि, लालटिन, ग्याँस आए ।

हामी त्ययो बेला घरमा कुराकानी गर्दा अब हामी मरेपछी आउछ होला विजुल्ली भनेर कुराकानी गथ्र्यौ ।’ अहिले बुढेसकालमा आफ्नै हातले विजुल्ली बाल्न पाउँदा आफैलाइ खुसी महसुस भएको बताउनु भयो ।

गाउँमा बत्ति बलेपछी घरमा उज्यालो मात्र नभइ पढ्नलाइ समेत आफुहरुलाइ समेत सजिलो भएको दुग्देश्वरी प्राविकी कक्षा ४ मा अध्यनरत पारु कुमारी जोशीले बताइन ।

२०७५ साल देखी र्निमाण कार्य सुरु भएको भेराखानी लघु जलविद्युत आयोजना गाउँपालिकाको सहयोगमा बत्ति बलेपछी गाउँ उज्यालो मात्र नभइ आगामी दिनहरुमा स–साना घरेलु उधोगहरु संचालन गरी बढी भन्दा बढी फाइदा लिन सकिने र लघु जलविधुतको दिगो व्यवस्थापनको लागी समेत वडाबाट हुने सहयोगमा आफु सदैव लागी पर्ने खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता तथा वडानम्बर ७ का वडा अध्यक्ष राम बहादुर सिंहले बताउनु भयो ।

गाउँलेहरुले लघ जलविधुत आयोजना बन्दा धेरै मानिसले रोजगार समेत पाएको र पहिलो पटक गाउँमा बत्ति बल्ने हो भनेपछी, स्थानियहरुले श्र्रमदाने र ४ बर्ष पछी स्थानिय गाउँपालिकाको सहयोगमा बत्ति बाल्न सफल भएको आयोजनाका सचिव शेर बहादुर खड्काले बताउनु भयो ।

करिब १ करोड ४९ लाख ६२ हजार ६ सय ५६ रुपैयाँ लगानीमा र्निमाण भएको भेराखानी लघु जलविद्युत आयोजनाको शनिबार खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले उदघाटन गर्नु भएको छ ।

गाउँपालिकालाइ उज्यालो युक्त गाउँपालिका बनाउने योजनामा गाउँपालिका लागिरहेको बताउनु भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतवार ०८:१७