सूचनाको शक्ति - The Power Of Information

        

आज शनिबारको मौसम कस्तो रहला ?

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार नेपालमा आज स्थानीय वायुको सामान्य प्रभावका कारण मौसममा सामान्य बदली हुनेछ ।

महाशाखाले हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली हुन सक्ने सम्भावना छ ।

अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ।

भने प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार ०८:०९