सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार ०८:१३