वर्दिया । अपाङ्गता भएका माथि हुने यौन तथा लैंगिक हिंसा विषय दुई दिने अन्तरक्रिया कार्यक्रम वर्दियाको बढैयातालमा सम्पन्न भएको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ प्रमुख अतिथी रहेको कार्यक्रममा समुदायमा आधारित पुर्नस्थापना केन्द्र बर्दियाका जिल्ला अध्यक्ष नेत्र प्रसाद सापकोटा विशेष अतिथी रहनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बढैयाताल गाउँपालिकाका उपाअध्यक्ष दिपा कुमारी गौतम, ईलाका प्रहरी कार्यलय मैनापोखर प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी, पत्रकार दोभाषे अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष रमा ढकाल, अपाङ्गता पुर्नस्थापना बर्दियाका संयोजक दल बहादुर सुनार, विभिन्न संघ सस्था सहकारी र महिला अधिकार कर्मिहरू को उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले अब निती र योजना बनाएर अपाङ्गता भएका ब्यक्ति हरू लाई आत्मनिर्भर बनाउनेमा जोड दिएका थिए । समापन कार्यक्रमको संचालन चित्रा रानाले गर्नुभएको थियो ।


।