सूचनाको शक्ति - The Power Of Information

        

नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक विहान ९ बजे पेरिसडाँडामा बस्दैछ ।

आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन सक्ने बताइएकाे छ ।

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएका थिए ।

बुधबार मात्रै प्रमुख सचेतक देव गुरुङले संसदमा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनले बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार ०९:५९