सूचनाको शक्ति - The Power Of Information

        

दलितका छोराछोरी मात्रै पढ्ने विद्यालयलाइ मर्ज गर्नुपर्ने : प्रधानाध्यापक रसाईली

बझाङ ।  बझाङ सदरमुकाम चैनपुरमा रहेको नमुना आधारभुत विद्यालयमा ९५ प्रतिशत विध्यार्थी दलित समुदायका छन ।

विध्यालयमा हरेक बर्ष ९५ प्रतिशत भन्दा बढी दलित समुदायका विध्यार्थी भर्ना हुने गरेको विध्यालयको तथ्याङकले देखाउछ । कक्षा ६ सम्म पढाई हुने उक्त विद्यालयमा परिचर देखि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि दलित समुदायकै छन ।

२०४१ सालमा स्थापना भएको यो विद्यालय दलित समुदायकै लागी मात्र भनेर संचालनमा आएको भने हैन । विद्यालयको स्थापना कालमा गैर दलितका विद्यार्थीहरुको संख्या बढी थियो । विस्तारै समयको परिवर्तन संगसंगै दलित समुदायका विध्यार्थीहरुको संख्यामा बृद्धि हुन थाल्यो ।

दलित प्रति हेर्ने दृष्टीकोण र छुवाछुतका कारण हुने अपहेलनाका कारण दलित समुदायका विध्यार्थीहरु बढी भएको यो विद्यालयमा गैरदलितका छोराछोरीहरु भर्ना हुदैनन ।

यस विद्यालयमा सदरमुकाम र आसपासका बि.क, कामी, सुनार, रसाईली, दमाई, वादी लगायतका दलित समुदायका वालवालिका अध्ययन गर्दछन । यस बर्ष १ सय २० जना भर्ना भएका छन ।

जसमध्ये १७ जना मात्र गैर दलित समुदायका छन । विद्यालयमा दरबन्दी, राहात, बालकक्षा र परिचर गरेर जम्मा ८ जना कर्मचारी छन । जसमा ५ जना दलित समुदायका र ३ जना गैर दलितका शिक्षक छन ।

गैर दलित अभिभावकहरुले नमुनामा पढाई राम्रो नहुने र भौतिक संरचना पनि राम्रो नभएको लगायतका विभिन्न वाहाना बनाएर छोराछोरी अर्कै विद्यालयमा भर्ना गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सुनुवार बताउनु भयो ।

पुरातनवादी सोच, दलित समुदाय प्रति हेर्ने दृष्टिकोण र जातीय छुवाछुतकै कारण गैर दलित अभिभावकहरुले आफ्ना छोराछोरी अर्के विदालयमा भर्ना गर्दै आएका छन ।

अभिभावकहरुमा पनि यो दलित समुदायकै विद्यालय हो भन्ने धारण छ । जातीय विभेदकै कारण गैर दलित अभिभावकहरुले भर्ना गर्न मान्दैनन ।

२०५८ साल देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर आएको र विगत लामो समय देखि आफुले यस्तो विभेद भोग्दै आएको विद्यालयका प्रधानाध्यापक गजेन्द्र रसाईली बताउनु भयो ।

उहाँले गैर दलितहरुले नमुनामा त दलित हेडसर छन छोराछोरी अर्कै विद्यालयमा पढाउनु पर्छ भन्ने अभिभावकहरुको गलत मानसिकता भएका कारण यस्तो अवस्था आएको हो ।

विद्यालयमा परिचर, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनका अध्यक्ष हामी सबै दलित समुदायका छौ । त्यसैले पनि होला उनीहरुमा यो दलित समुदायकै विद्यालय हो भन्ने धारण छ ।

सानो क्षेत्र भए पनि सदरमुकाम चैनपुरमै मात्र ३ सय मिटरको दुरीमा नमुना आधारभुत र बालमन्दीर आधारभुत विद्यालय गरी दुईवटा सरकारी विद्यालय छन । तर नमुनामा भर्ना हुने सबै जना दलित समुदायकै विध्यार्थी हुन्छन ।

दुबै विद्यालयलाई मर्ज गराउनका लागी बेला बेलामा पहल गरेको भएपनि अझै सम्म मर्ज हुन सकेको छैन । मर्ज पढाईको गुणस्तर पनि सदरमुकाम आसपासका अन्य विद्यालयको भन्दा राम्रो छ ।

आफु पनि भर्ना नगर्ने र अरुलाई पनि दलित समुदायको स्कुल हो भनेर भ्रम छरेका कारण विध्यार्थी भर्ना नहुने गरेको बताउनु भयो । दुबै विद्यालयका प्रधानाध्यापक र विध्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मर्ज गर्न तयार छौ भनेर आएको खण्डमा विद्यालय मर्ज गर्न सकिने जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताउनु भयो ।

जोशीले गतबर्ष पालीकाका १० ओटा विध्यालयलाइ मर्ज गरेका थियौँ । मर्ज भएपछि कुनै एक विद्यालयमा पठन पाठन संचालन गर्नुपर्ने हुन्छ । दुबै विद्यालयमा आवश्यक भौतिक संरचनाको अभाव छ । मर्ज हुँदा सबै विध्यार्थी एकै ठाँउमा अटाउने अवस्था छैन ।

यसरी झन पढाई प्रभावित हुने देखिन्छ । आफुले पनी नगरकार्यपालिकाको बैठकमा पनी सत्यवादी माविमा धेरै विध्यार्थी भएकाले यी दुई विध्यालय मर्ज गरी मावि तह सम्म संचालन गर्न प्रस्ताव समेत राख्दै आएको बताउनु भएको छ ।

जयपृथ्वी नगरपालिकाले यस बर्ष बाट विध्यालयमा दिवाखाजा कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत प्रति विध्यार्थी १५ रुपैया बराबरको दिवाखाजा दिने गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १७:४०