सूचनाको शक्ति - The Power Of Information

        

१६२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जना कोरोना संक्रमित थपिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १७:३०