सूचनाको शक्ति - The Power Of Information

        

शिक्षकको दरबन्दी नहुदा पठनपाठनमा समस्या

बझाङ । बुंगल नगरपालिका वडानम्बर ११ को बाँजमा रहेको भुमिराज प्राविमा शिक्षकको दरबन्दी नहुदा पठनपाठनमा समस्या हुने गरेको छ ।

लामो समय देखी निजी शिक्षकहरुलाइ अविभावकहरुले चन्दा संकलन गरेर तलव खुवाउदै आए पनी पछिल्लो समयमा पारिश्रमिक दिन नसके पछी पठनपाठन प्रभावित हुन थालेको हो ।

२०४६ सालमा स्थापना भएको भुमिराज प्रावि २०७५ सालमा कक्षा ८ सम्म संचालन गरिपनी निजि शिक्षकहरुलाइ पारिश्रमिक दिन नसके पछी हाल कक्षा ५ सम्म मात्रै पढाइ हुदै आएको छ ।

उक्त विध्यालयमा अहिले २ जना दरबन्दी १ जना राहात मात्रै शिक्षक रहेको भुमिराज प्राविका प्रधानाध्यापक विर बहादुर पातलिले बताउनु भयो । विध्यालयमा दरबन्दी त पर जावस १ जना बालकक्षा कोटा समेत भएको खण्डमा पठनपाठन गर्न सहज हुने र त्यस्का लागी बुंगल नगरपालिका अर्थात नगर शिक्षा शाखाले ध्यान दिनुपर्ने समेत बताउनु भयो ।

विध्यालयमा भवन बालमैन्त्री धारा भौतिक अवस्था भने, राम्रो रहेको र अहिले विध्यालयमा ५६ जना छात्रा ४५ जना छात्र गरी १ सय १ जना विध्यार्थी अध्यन गर्दै आएका छन ।

गाउँमा पढ्ने विध्यार्थीको संख्या धेरै भए पनी डेढ घन्टा पैदल हिडेर केदार मावि र शिव माविमा जानु पर्ने बाध्यता रहेको र गाउँमै ६,७ कक्षा संचालन गर्न सकेको खण्डमा आफुहरुलाइ सहज हुने कक्षा ५ मा अध्यनरत छात्रा रेखा पातलिले बताउनु भयो ।

केहि बर्ष देखी गाउँलेबाट चन्दा उठाएर शिक्षकहरुलाइ तलब दिदै आएको भए पनी हाल चन्दा नउठे पछी विध्यालय संचालन गर्न समेत समस्या भएको र विध्यालयमा विध्यार्थीहरुको पठनपाठनका लागी नगरपालिकाले पनी पहल गर्नुपर्ने भुमिराज प्राविका विध्यालय व्यवस्थापन समिती अध्यक्ष गगन पातलीले बताउनु भयो ।

यता बुंगल नगरपालिका मेयर धन बहादुर विष्टले भुमिराज प्राविमा मात्र नभएर बुंगल नगरपालिका भित्र रहेका वडानम्बर ८, ९, १० लगाएतमा रहेका प्राय ः सबै विध्यालयहरुमा शिक्षकहरुको दरबन्दी नहुँदा समस्या भएकोले त्यस तर्फ शिक्षामन्त्रालयले ध्यान दिनुपर्ने र नगरपालिका भित्र ९१ भन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको बताउनु भएको छ ।

त्यति बेला दरबन्दी नभएर पनी विध्यालय संचालन गर्नका लागी अनुमती लिएका कारण समेत अहिले समस्या आएको र नगरपालिकाले विध्यालयहरुलाइ प्रोत्साहन भनेर केहि रकम सहयोग गर्ने गरेको समेत मेयर विष्टले बताउनु भयो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार ०७:५६