सूचनाको शक्ति - The Power Of Information

        

व्याँसीका स्थानियलाइ घरेलु कार्यालयद्वारा १५ दिने क्रिस्टल चुरा बनाउने तालिम

बझाङ । घरेलु तथा साना उधोग कार्यालय बझाङ द्वारा १५ दिने क्रिस्टल चुरा बनाउने तालिम सन्चालन भएको छ । बझाङको छविसपाथिभेरा गाउपालिका वडानम्बर ६ व्याँसीमा तालिम सोमबार बाट सुरु भएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाइ आयातित बस्तु कम गर्न र रोजगारी सृजना गर्ने उदेश्यले तालिम सन्चालन गरेको घरेलु तथा साना उधोग कार्यालय बझाङका उधोग अधिकृत खडक बोहराले बताउनु भयो ।

पछिल्लो समयमा घरेलु तथा साना उधोग कार्यालय बझाङले जिल्लाका दुरदराजका वडाहरुका पिछडिएका वर्ग युवा तथा महिलाहरुलाई माग र बजारको सम्भावना लाई मध्ये नजर गरि देशमै रोजगारी होस भन्ने उदेश्यले उधमशिलता तथा सिपमुलक तालिमहरु दिदै आएको घरेलु तथा साना उधोग कार्यालय बझाङका बरिष्ठ उधम विकास सहजकर्ता दशरथ जप्रेलले बताउनु भयो ।

उक्त चुरा बनाउने तालिममा १२ जना सहभागी भएका छन । नागरिकलाइ आत्मर्निभर बनाउने खालका सीप तालिम ल्याउदा आफुहरु खुसी भएको र आगामी दिनहरूमा वडा कार्यालयले पनी घरेलु तथा साना उधोग कार्यालय लगायत अन्य कार्यालयहरु संग पनी साँझेदारी गर्दै यस्ता कार्यक्रम चलाउनमा वडा कार्यालयले सहयोग गर्ने छविस पाथिभेरा गाउँपालिका वडानम्बर ५ का वडा अध्यक्ष लोकेन्द्र ठगुन्नाले बताउनु भयो ।

साथै घरेलु तथा साना उधोग कार्यालयले सबै स्थानियतहमा आत्मर्निभर हुने खालका विभिन्न खाले तालिमहरु संचालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ११:४८