सूचनाको शक्ति - The Power Of Information

        

भारतमा २४ घण्टामा ६८ हजार बढीमा काेराेना सङ्क्रमण, २९५ जनाको ज्यान गयाे

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको छ ।

गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ ।

भारतमा ५  लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।

मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताउनु भएको छ । त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ ।

यस्तै, केरला, पन्जाब, महाराष्ट्र, गुजरात लगायतका राज्यमा पनि सुरक्षा सावधानीमा कडाइ गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ०८:५९